क्यान्सरबाट मुक्ति पाएपछि सोनाली अन्तत काममा फर्किइन्

- February 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने अभिनेता हुन् सोनाली । क्यान्सर भएकी सोनालीले न्युयोर्कमा चार महिनासम्म उपचार गरिन् । न्युयोर्कमा केही महिनासम्म उपचार गरेर भारत फर्किएकी सोनाली क्यान्सरबाट मुक्ति पाएपछि फिल्म क्षेत्रमा ब्यस्थ हुन थालेकी छिन् । उनले सामाजिक सञ्जालमा सुटिङ सेटको तस्बिर पोस्ट गरेकी छिन् ।

पोष्ट पछि उनका फ्यानहरु खुसी भएका छन् ।उक्त तस्बिरमा सोनाली सेतो ड्रेसमा देखिएकी छिन् ।उनले तस्बिरको साथमा क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेको छु । फेरि काममा फर्कंदा अचम्मको महसुस भइरहेको छ । मेरो साथमा मनको भावना पोख्नका लागि शब्द नै छैन । क्यामेरालाई दोस्रोपटक फेस गर्नु अलग अनुभव हो ।’ उनले पछिल्लो केही महिनादेखि आफ्नो भावना मर्दै गइरहेको तर पछिल्लो समय काम गर्ने आत्मविश्वास जागेको बताएकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!