प्राइड क्यासिनो सञ्चालनमा

- October 6, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । ह्यात रिजन्सी होटलस्थित ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनो आजबाट सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आइतबार क्यासिनो सञ्चालन अनुमतिपत्र ९लाइसेन्स लिएको कम्पनीले आजबाट विधिवत् सेवा सुरु गरेको हो । यद्यपि क्यासिनोको विशेष उद्घाटन भने आगामी २९ गते गरिने बताइएको छ ।

सो क्यासिनोका तर्फबाट नेपाली व्यवसायी विनायक साह र भारतीय तरुण खट्टरले संयुक्त रुपमा क्यासिनो सञ्चालन गरेको हो ।

नयाँ क्यासिनो सञ्चालनसँगै ६०० मजदुरले प्रत्यक्ष रोजगारी पाएको होटल क्यासिनो तथा मजदुर युनियनका उपाध्यक्ष जगतबहादुर खड्काले राससलाई जानकारी दिए ।

भूकम्पपछि करिब तीन महिना लामो प्रयासबाट कम्पनीले क्यासिनो सञ्चालनका लागि लाइसेन्स पाएको हो । यो सँगै अहिले नेपालमा सञ्चालित तीन ठूला क्यासिनोमध्ये तेस्रो हो । यसअघि सोल्टी होटलस्थित ‘महाजोङ् सोल्टी’ र साङ्ग्रीला क्यासिनो सञ्चालनमा आएका थिए ।

नेपालमा १० वटा पाँचतारे होटलमा क्यासिनो सञ्चालन छन् तीमध्ये काठमाडौँमा आठ र पोखरामा दुई वटा छन् । राजस्व विवादले लामो समयदेखि बन्द रहेका क्यासिनो अहिले काठमाडौँमा मात्र तीन वटा सञ्चालनमा आएका छन् भने अरु बन्द अवस्थामा छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!