नेपालमा जलबिद्युत परियोजनामा लगानी गर्न चेम्बरको भियतनामलाई आग्रह

- December 20, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग शिष्टाचार भेटघाट गरेको छ । उक्त शहरको कार्यालयमा भएको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम सम्बन्ध र दुइ–पक्षीय व्यापारको बिषयमा अबगत गराएका छन् । उनले बिशेष गरि नेपालमा बैदेशिक लगानी प्रबर्दन गर्नलाई गरिएको भ्रमणमा भियतनामका लगानीकर्ताहरुले नेपालको जलबिद्युत परियोजनामा लगानी गर्न चासो देखाएको कुरा भिएतनामबाट प्रतिनिधि मण्डलका सदस्य निरज राईले बताएका छ । साथै सो भेटका क्रममा पर्यटन विकास, पूर्वाधार विकास, बैंकिंग सहकार्य तथा ब्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान बारे छलफल गरिएको जनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!