अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने सवारी साधन कारवाहीमा

- December 10, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दाङ,   सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि आजसम्म विभिन्न खोलामा अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् । 

प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार करीब तीन महीनामा ३७ ट्र्याक्टर, पाँच टिप्पर र एउटा जेसिबी नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएकोे छ । पक्राउ परेका सवारी साधनलाई जिल्ला समन्वय समिति दाङले कारवाही गर्दा रु १० लाख ६० हजार राजश्व सङ्कलन भएको सशस्त्र प्रहरीले जनाएको छ । जसमा ३७ वटा ट्र्याक्टरबाट २० हजारका दरले सात लाख ४० हजार राजश्व सङ्कलन गरिएको हो । 

त्यस्तै पाँच वटा टिप्परको ५० हजारका दरले दुई लाख ५० हजार र एउटा जेसिबीलाई ७० हजारका दरले राजश्व सङ्कलन गरिएको छ । तुलसीपुरका पातुखोला, ग्वारखोला, कालाखोलालगायत खोलाबाट अवैधरुपमा उत्खनन हुने गरेको छ । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन हुँदा खोलासमेत गहिरिँदै जान थालेका छन् । 
रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!