पञ्‍चवर्षीय आवधिक योजना बनाउँदै प्रदेश सरकार

- December 9, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

बाँके (नेपालगञ्ज),   प्रदेश नं ५ ले१२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्णमा गर्न लागेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको मोटरबाटोलाई सुविधासम्पन्न बनाइने बताउनुभयो । 

उहाँले अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने जानकारी दिनुभयोे । 
बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पु¥याउने लक्ष्य सहित त्यहा कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले आग्रह गर्नुभयो । 
रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!