चन्द्रागिरी चक्रपथ निर्माण र पर्यटन विकासमा हामी केन्द्रित छौं -उत्तमबहादुर राउत

- November 30, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-उत्तमबहादुर राउत (चन्द्रागिरी नगरपालिका १५ नं. वडा अध्यक्ष)

२०३१ सालमा च.न.पा. १५, तीनथानामा जन्मनु भएका उत्तमबहादुर राउत अरवन योजना र आरकेलोजी कल्चरमा मास्टर गर्नु भएका कुशल र इमान्दारी व्यक्ति हुनुहुन्छ । राउत हाल च.न.पा. ६ का वडा अध्यक्ष हुनुहुन्छ । सफल नेतृत्वका रुपमा चिनिनु भएको उहाँले पछिल्लो समय वडाको विकासका लागि सक्रिय हुनुहुन्छ, नयाँ नयाँ योजनाहरु ल्याउने र विकासको र कर उठाउने सवालमा अग्रणी रहँदै आएको सो वडालाई सुन्दर बनाउने महत्वपूर्ण कृयाकलाप र योगदानमा उहाँ सक्रिय रहनु भएको पाइएको छ । वडाध्यक्ष राउतसंग तीव्रखबर प्रतिनिधीले लिएको वार्ताको सारसक्षेप :

नगरपालिकाको विकास निर्माणको पछिल्लो अवस्था कस्तो छ ?
चन्द्रागिरी नगरपालिकाको यो वर्षको दोश्रो कार्य योजनाको कार्यान्वयन हो । विशेष त फोहर मैला, च.न.पा. चव्रmपथमा फोकस गर्ने, शहरी विकास मन्त्रालय सहयोग एकिकृत शहरी विकास योजना निर्माण गर्ने परामर्श दाताहरु कम गर्दैछन् । ४/५ वटा कार्यक्रमहरु छन् । डि.पी. आर हुँदैछ । ३० करोड खर्च छुट्याइएको छ । पर्यटन पथमार्ग प्रस्तावमा छ । बल्खु करिडोर, च.न.पा. भवन निर्माण, राजर्मागको सडक वनाउने र यो नगरपालिकामा फोहर मैलामूक्त गर्ने एवम् पर्यटन पथर्माग मच्छेगाँउ, मातातिर्थ, महादेवस्थान, दहचोक, आदि स्थानमा पर्यटन पथमार्ग निर्माण गर्ने योजना छ ।

विकास निर्माणको नयाँ योजनाहरु के के छन् नी ?
१५ नं. वडाको विकासका लागि विशिष्ठ साँस्किृतिक पहिचान भएको स्थान होइन । यहाँ मिश्रित बसोबास भएको क्षेत्र हो । यो वडा काठमाडौं महानगरपालि काकिर्तिपूर नगरपालिकासँग जोड्ने वडा भएकोले यहाँ शहरीकरण भैरहेको छ । यसलाई बस्ती व्यवस्थीत वनाउन पहल गरिरहेका छौं । यो वडाको ३ वर्ष भित्र सवै वाटो, सडकको धुवा, हिलो मुक्त गरी सफा, स्वस्थ वनाउने योजना छ । भौतिक योजना मन्त्रालयको सहयोगमा पूल वनाउने काम हुदैछ । झण्डै २ हजार वर्ष पूरानो विष्णुदेवी मन्दिर विकासका लागिकार्य योजना भई रहेको छ । रिभर फ्रन्ट कार्यक्रम अनुसार २ करोड ६१ लाख (नदि किनार विकाश कार्यक्रम) विष्णुदेवी मा.वि.को नयाँ भवन निर्माणको तयारीमा छौं । किर्तीपूरसँग जोडिएकोले फुट टैल वनाउने जिप फ्लाण्ड वनाउने, यहाँका जनतालाई सहभागी गरी जनता सँग (शेयर) लगानी गरी (केवलकार) जस्तै जिप फ्लाण्ड वनाउने र जनतालाई आम्दानी गर्ने योजना छ । हामीले यहि वर्ष नैकाप विष्णुदेवीमा १ करोडको सरकारवाट सडक वनाउने र तीनथानाको मगर गाँउमा पक्की सडकको लागि ५० लाख प्रदेश सरकारको सहयोगमा सडक वनाउने कार्य अगाडी वढाउदै छौं । न.पा. को २ करोड १० लाखमा वाटो फलैंचा पार्क वनाउने काम गर्दैछौं । शिक्षा क्षेत्रमा ५ वटा निजि विद्यालय, १ सामुदायिक विद्यालयलाई सहयोग गरेका छौं । स्वास्थ्य क्षेत्रमा लाब फ्रि छ जसमा दिशा, पिसाब, रगत निशुल्क उपचार भएको छ । यहाँको बसोबास मिश्रीत भएकोले सवै मिलेर किर्तीपूरको भिरलाई साकुरा पार्क वनाउने योजना छ । त्यसको लागि जापानीहरुसँग सहकार्य भई सकेको छ । यहाँको परम्परा नेवारी समुदायले कपडा बुन्ने तानलाई विकास गरी महिला उत्थान पूर्नजागरण कार्यक्रम संचालन गर्दैछौ । अहिले १५ वटा तान मर्मत गरि संचालानमा ल्याएका छौं ।

स्थानिय महिलाहरुलाई रोजगारी मूखि बनाउने के कस्ता प्रयासहरु भएका छन् ?
हस्तकलाको विकासकालागि यहाँ महिलाहरुलाई उत्पादन गर्न लगाएर विभिन्न देश निर्यात गर्दे विदेशी मुद्रा आर्जन गर्न मद्दत पुग्न सफल हुन्छ । यो १५ वडामा सफा सुन्दर र स्वच्छ वनाउने काममा साइनवोर्डमा फोहर फाल्नेको सुराकी गर्छु, मेरो टोल मै सफा गर्छु जस्ता नारा ठाँउठाँउमा राखेका छौं । ठाँउठाँउमा २७ वटा डस्टविन राखेका छौं । फोहर व्यवस्थित गर्न र मल वनाउन ८८ जना महिलालाई तालिम दियौं । टोलको कुनाकुना सफा गर्न एउटा जना स्टाफ नै राखेका छौं । अव ठाँउठाँउ फोहर संकलन गर्ने डस्टवीन राख्ने योजना छ । यो वडामा २०० वटा सडक वत्ती जोडेका छौं । विष्णुदेवी मन्दिर निर्माण ३५ लाख छुट भएका त्यस सुन्दर र व्यवस्थित वनाउने काम हुदैछ । म आफै पनि अरव प्लानिङ अध्ययन हुनाले यस वडामा सवै काम र योजना व्यवस्थित ढंगले अगाडी वढाउने काममा लागि परेको छु ।

काम गर्ने बाताबरण कस्तो छ ?
राजनैतिक दल भन्दापनि जनताले अभिमत दिएर म यस ठाँउमा काम गर्न आएको छु । मैले काम गर्ने हो, त्यो काम को विपक्ष साथीहरु अभिलेख लगायत काम विपक्षी गर्ने हो । मेरो कमी कमजोरीलाई केलाउने हो । मैले गरेरका कामप्रति सन्तुष्टी या असन्तुष्टी देखाउने हो । म दल भन्दा पनि नागरिक सँग काम गर्ने हो । यस च.न.पा.मा राजनैतिक दल भन्दा काम ल र दलाल दल मात्रै छन् । दलाल दल भनेको भुमाफिया, गुंण्डागर्दी, जुवातास आदि दलाल, विचौलिया जस्ताले गर्दा यो न.पा. मा नराम्रो असर परेको छ । हामीले सरकारी जग्गा करिव २७/२८ रोपनी भुमाफियावाट फिर्ता लिइसकेको छौं । अरु पनि अनुसन्धान हुँदैछ । अर्को कुरा अहिले कर असुलीमा नयाँ रेकर्ड राख्न सफल भएका छौं । यस वडाले १२ महिनामा ५२ लाख राजश्व उठायौं । १५हजार पुरस्कार पायौ । अव हामी १ करोड राजश्व उठाउने योजना थियो । यो ४ महिनामा ५३ लाख राजश्व उठीसकेको छ । जे लक्ष्य थियो त्यो भन्दामाथि जान्छ होला । केलरी–नागढुङ्गा सडक वनाउन र पिच गर्न सवै सँग वार्ता गरी १५ वडाभित्रको हाइवे राजमार्गलाई टुङ्याउने काम हुँदैछ । अहिले यहि काममा निरन्तर लागेका छौं । जनताको स्वस्थ्यमा असर पर्ने भएकोले दिनको धेरै पटक धुवाँ नियन्त्रण कार्यक्रम गरी ट्याङकर भाडामा लिएर सडकमा पानी हालिरहेका छौं । अव यो मंसीर भित्र सडक पिच हुन्छ । विकासमा भष्ट्राचार हुने भएकोले यसलाई रोक्न उपभोक्ता समिति गठन गरेको छौं । पून्य कमाउने कामतिर लाग्ने वनाउछौं । म १० लाख भन्दामाथिका योजना आफै हेर्छु ।

अन्तमा तीव्रखबर मार्फत के भन्न चाहनुहुन्छ ?
यो मुलुक समृद्धि वनाउने कुरामा काम गर्नुप¥यो । यसमा सडक÷रेललाई अगाडी वढाउन पर्दछ । हामी भारत आश्रित मात्र हुनु हुन्न । चिनलाई पनि सडक र रेल ल्याउनेमा पहल गर्नु पर्दछ । यो हाम्रो सामाजिक, आर्थिक संरचनालाई परिवर्तन गरी विकासलाई अगाडी वढाउन हामी सवै आफ्नो क्षेत्रवाट पहल गर्न पर्दछ भन्ने कामना गर्दछु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!