एनआरएन मध्यपूर्व संयोजक शर्मा प्रहरी नियन्त्रणमा

- October 23, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् ।

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गर्नुभयो । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उहाँले जानकारी दिनुभयो । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उहाँले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!