नेपाल आईडलको पहिलो संस्करणका झक्कड थापाको गित बजारमा, भिडियो हेर्नुहोस् !

- October 5, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ- नेपाल आईडलको पहिलो संस्करणमा नेपालगञ्जको अडिसनबाटै बाहिरिएका झक्कड थापाको पश्चिमेलीभाकाको गीत सार्वजनिक भएको छ। नेपाल आइडलको अडिसनबाटै भाईरल बनेका झक्कडलाई बसन्त सापकोटाले पश्चिमेली गीत मार्फत पुन बजारमा ल्याएका हुन्।

दिनेश थपलियाको शब्द रहेको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् भने झक्कड थापाको आवाज सुन्न सकिन्छ। गीतलाई बसन्त सापकोटाले आफ्नै म्युजिक कम्पनि प्रभा क्रियशनबाट बजारमा ल्याएका छन् । झक्कड थापाको अडिसन हेर्दैमा उनी पश्चिमका भाका गाउन सक्ने क्षमताको रहेको बताउँदै संगीतकार सापकोटा भन्छन्, हरेक व्यक्तिमा आफ्नो किसिमको गीत गाउने क्षमता हुन्छ।

हामीले विमाकुमारी दूरा दिदीलाई आधुनिक वा पपगित गाउन लगाएर हुन्न। त्यो उहाँको अपमान हो। ठीक त्यस्तै हो झक्कड पनि अरु गीतको लागि बेसुरा भएपनि उनी आफ्नो क्षेत्रको गीत गाउँन सक्छन् भनेर मैले उनकै लागि गीत गाउन लगाए। यता झक्कड आफ्नो गीतबारे भन्छन्, मैले गाउन खोजेको हो। गीत गाउदा सजिलै लाग्यो तर एक दुई ठाउमा स्वर नै नपुग्दो रैछ।

अलि मिहेनत गर्नु पर्यो । अब संगीत सिक्छु । कोठामा गितार पनि ल्याको छु। राम्ररी संगीत सिक्ने मेरो रहर छ।

भिडियो हेर्नुहोस् :- 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!