सिम्पल ग्लामर दिनु उचित नै हो-मोडल नितु

- August 17, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कलाकारिता क्षेत्रमा लागेर स्थापित भएकाको संख्या त्यति धेरै छैन । अझ मोडलिङ्गमा त रहरले मात्र होमिने र त्यति गतिमै पलायन हुने वग्रेल्ती छन् । तर एक जना त्यस्ती पात्र मोडलिङ्गमा चम्कीरहेकी छन्, । उनी अर्थात् पाल्पामा जन्मिएर काठमाडौंमा वसोवास गर्दै आएकी नितु कोइराला पछिल्ला दिनमा अभिनय क्षेत्रमा स्थापित हुने चरणमा छिन् ।

सानै देखि कलाकार बन्ने भूतले सताएपछि र ईच्छाशक्तीको आडमा कला क्षेत्रमा लागेकी उनी क्षमताले भरिपूर्ण सिमित कलाकर्मी मध्येमै गनिन्छीन् । नाटक विधाकी पारङ्गत नितु कुशल व्युटिसियन पनि हुन् ।

टिचर मुभीमा वेहुलीको भूमिका निर्वाह गरेकी उनले दर्जनौ म्युजिक भिडियोमा आफ्नो प्रतिभा कैद गराईसकेकी छिन् । उनलाई यो वा त्यो भूमिका हुनुपर्छ भन्ने छैन । कहिले टेलिचलचित्रमा उनी देखा पर्छिन भने कहिले चलचित्र अनि म्यूजिक भिडियोमा । उनको तिख्खर अभिनय कला विज्ञापनमा पनि हेर्न र देख्न सकिन्छ ।

स्नातक सम्मको अध्ययन गरेकी बहुमुखी प्रतिभाकी धनी मिलनसार र मृदुभाषी नितुले मिसेस नेपालमा पनि सहभागिता जनाएकी थिइन् । परिवारको पूर्ण समर्थन रहेको वताउने उनले छोटो समयमा धेरैको तारिफ र चर्चा वटुलिसकेकी छिन् । खाने मुखलाई जुँगाले छैक्दैन भन्ने उखान चाँही नितुको कलायात्रासँग मेल खाने प्रकृतिको नै छ । अहिले उनी तिजका गीतहरुको म्यूजिक भिडियोहरुमा अभिनय गर्न व्यस्त मोडलमा पर्छिन् ।

पछिल्लो समय ग्लामर एव भल्गर कपडामा अभिनय गर्नेहरुको भिड्मा पनि उनी जम्दै गएकी छिन् साधारण खाने ग्लामर मात्र दिन रुचाउने निु भन्छिन् – सिम्पल खाले ग्लामर दिनु उचित हो जस्तो लाग्छ । आजकल मोडलिङ्गमा देखिएको विकृतिप्रति चिन्ता लागेको बताउने नितु यो विकृति विसंगतीलाई नियन्त्रण गर्न नसकेपनि न्यूनिकरण गर्नुपर्ने धारणा राख्छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!