आइतबार सार्वजनिक बिदा दिने निर्णय

- August 31, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महेन्द्रनगर / प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुहुँदै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

आइतबार सार्वजनिक बिदा 

प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!