पाटे चितुवा प्राविधिक टोलीको नियन्त्रणमा

- August 10, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बनेपा २५ साउन । गाउँ पसेको पाटे चितुवालाई स्थानीय बासिन्दाले कोठामा थुनेर प्राविधिक टोलीलाई जिम्मा लगाएका छन् । काभ्रेपलाञ्चोकको मादनकुँडारी गाविसको दोभानमा अकस्मात आएको पाटे चितुवालाई चिकित्सकसहितको प्राविधिक टोलीले आज नियन्त्रणमा लिएको हो ।
स्थानीय बासिन्दाले झुक्याएर कोठामा थुनेको पाटे चितुवालाई ललितपुरस्थित चिडियाघरबाट गएको डा राधाकृष्ण घर्ती नेतृत्वको टोलीले बेहोस बनाएर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभयो ।
चितुवालाई बेहोस बनाएर खोरमा राखेर ललितपुरस्थित चिडियाघरमा ल्याउँदैछौँ उहाँले भन्नुभयो । स्थानीय बासिन्दाको खोरमा रहेका दुईवटा बाख्रा खाए पनि चितुवाले मानवीय क्षति भने पु¥याएको छैन ।
अर्यालले दिएको जानकारीअनुसार स्थानीय बासिन्दाको खोरभित्र पसेर चितुवाले बाख्रा खाइरहेको अवस्थामा चितुवालाई लखेटिएको र आत्तिएर एउटा घरमा पसेपछि थुनेर प्राविधिक टोलीलाई खबर गरिएको थियो ।  चितुवालाई घाउ वा चोटपटक लागेको भए त्यसलाई उपचार गरेर चिडियाघरमा नै राखिन्छ जिल्ला वन कार्यालयका वन संरक्षण अधिकृत गणेश रायले बताउनुभयो ।
रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!