रङ्गीन दुनियाँमा सब्नमको सपना

- August 19, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । होस्टेल, दुख पाईस मंगले आफ्नै ढंगले, चुरी फुरी, के जमना आ लगायत आधादर्जन हाँस्य सिरियलमा आफ्नो कुशल अभिनय क्षमता प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल नायिका सब्नम दहालको अभिनय रहेको चलचित्र ‘१२ मासे’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

नायिका दहालले धुम ३, बाबु कान्छा, निसाफ आदि चलचित्रमा काम गरिसकेकी छ । अभिनय तथा नृत्यमा पोख्त सब्नम दहाल सिने मैदानमा केही गरु भन्ने उव्देश्यले संघर्षरत छिन् । मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई कुशल नायिकाको रुपमा उभ्याउन प्रयासरत दहालमा एउटी सक्षम नायिकामा हुनु पर्ने गुण झल्किन्छ ।

अहिले दिनरात मिहेनत गरिरहेकी उनि नेपाली चलचित्रका लागि निकै सम्भावना बोकेकी कलाकार हुन । परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने दहाल यसै क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढिरहेकी छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!