यस्तो बन्यो ‘नाइँ नभन्नु ल ५’को शीर्ष गीत (हेर्नुहोस् भिडियो)

- July 24, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं – सिनेमा ‘नाइँ नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

मेलिना राईको आवाज रहेको  ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको यस गीतमा दिनेश थपलियाका शब्द छन् भने वसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहको यस गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

गीतमा सिनेमाका मुख्यकलाकार स्वस्तीमा खड्का र  अभिषेक नेपाललाई फिचर गरिएको छ । सिनेमामा अभिनेत्री स्वस्तीमाको बाल्यकालको भूमिकामानव–बालकलाकार स्याड्रिना शर्माले निर्वाह गरेकी छिन् ।

उता अभिषेकको बाल्यकालको भूमिकामा कलाकार अनुभव रेग्मी छन् । यस बाहेक सिनेमामा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् ।

सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।

भदौ ८ गतेदेखि प्रदर्शनमा आउने ‘नाइँ नभन्नु ल ५’ माहरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!