कुलेन्द्र विश्वकर्मा र पुजा गुरुङको मायाको कानुन भिडियो सहित

- July 24, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 नेपाली लोक गीत संगीतमा निकै रुचि राख्ने गायिका पुजा गुरुङको लोकदोहोरी गीत भखरै बजारमा आएको छ । लोक गीत संगीतको प्यास मेटाउनको लागी विदेशी मरुभुमिबाट जन्म थलो आएको अवस्थामा गीतलाई बजारमा ल्याएकी हुन ।
 सिन्धुपाल्चोकको दुबाचौर मेलम्ची नगरपालिका मा जन्मेकी उनी सानै देवी लोक गीत संगीत प्रति उनको अधिक रुचि रहेको थियो । वियोगान्त भावनाका गीतहरुको माग बजारमा भैरहेको अवस्थामा  गायक कुलेन्द्र विश्वकर्मा र गायिका पुजा गुरुङको मायाको कानुन गीत बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तेजेन्द्र विवस रावतको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडिको विछोडको तितो बास्तविकतालाई गीतमा पोखिएको छ । भिडियोलाई किरण चौशिरको छायाँकन , अमर शाक्यको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय धुव्र हिमाली र सपना खड्काको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गर्ने काम एकेन्द्र सारा शंकरले गरेका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!