केही हदसम्म ग्लामर त दिनै पर्ला नी– अनिला देवान राई

- March 13, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

२०५३ सालमा धनकुटाको पाख्रिबासमा जन्मिएकी अनिला देवान राई भर्खरै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् । केही टेलिचलचित्रमा अभिनय गर्दा गर्दै विभिन्न विज्ञापनहरुमा मोडलिङ गरिसकेकी राई पछिल्लो समयमा म्यूजिक भिडियोमा सक्रियता बढाउँदै छिन् ।
उमेरले किशोर अवस्थामा नै रहेकी अनिला भविष्यमा नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । कथा बस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने राईले कथाले माग्यो भन्दैमा आफ्नो घर परिवारको पनि ख्याल गर्नु पर्ने बताईन् । आमा र दिदीको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लागेको बताउने अनिला अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष गर्नु पर्ने रहेको बताउँछिन् ।
1016185_1405586626335214_484688673_nपछिल्लो समयमा ग्लामर चलचित्रहरुको निर्माणले तीव्रता पाएकोले केही हदसम्म त ग्लामर दिन आफु तयार रहे पनि अनिला समाजै भुलेर भल्गर बन्नु नहुनेमा जोड दिन्छिन् । छ महिनाको अभिनय कोष समेत पुरा गरिसकेकी राई आगामी दिनमा कलाकारिता क्षेत्रमा अझ बढि सक्रिय रहने बताउँछिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!