पर्यटक आउन थालेपछि व्यवसायी उत्साहित

- June 8, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा, २५ जेठ । पोखराको पर्यटकीय क्षेत्र वैदाममा विदेशी पर्यटक आउन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् ।

भूकम्पले विदेशी पर्यटक आ–आफ्नो देशमा फर्केकामा पोखरा र आसपासका पर्यटकीयस्थल सुरक्षित देखेपछि विभिन्न देशका पर्यटक पुनः आउन थालेपछि यहाँका पर्यटन व्यवसायी खुसी देखिन थालेका छन् ।

केही दिनअघि पोखराबाट विभिन्न ठाउँमा पुगेका पर्यटन व्यवसायीको टोलीले पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण संरक्षण क्षेत्र पदमार्गजस्ता स्थल सुरक्षित रहेको बताएपछि पोखराका होटल तथा लजमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेका छन् । एक महिना जति सुनसान र खाली देखिएका पोखराका होटल तथा लजमा विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढेको देखिन्छ । देशका केही ठाउँ असुरक्षित देखेपछि आन्तरिक पर्यटक पनि पोखरा आउन थालेका छन् ।

विभिन्न देशबाट पोखरामा सिधै आउने अन्तर्राष्ट्रिय विमानस्थल बनेको भए अहिलेको भूकम्पको विपत्तिले यहाँका होटल व्यवसायमा कुनै असर नपार्ने होटल व्यवसायीको गुनासो छ ।

–ः २६ ः–

भूकम्पले ग्रामीण क्षेत्रमा रहेका ढुङ्गा माटाले बनेका केही घरमा क्षति पु¥याए पनि पोखरालगायत आसपासका पर्यटकीय क्षेत्रका होटल र घरमा कुनै क्षति नपु¥याएकाले ‘पोखरा सुरक्षित छ है’ सन्देश विश्व बजारमा पु¥याउनु जरुरी देखिन्छ ।

पोखरामा अहिले साना ठूला गरी ५०० भन्दा बढी होटल, लज र रेस्टुराँ छन् । होटलमा करिब रु ८० अर्बभन्दा बढी लगानी भएको छ । यी होटलमा लाखौँले रोजगारी पाएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि पनि विभिन्न देशका मुलुकबाट सिधै बोइङ्ग, जेट बिमानबाट पर्यटक पोखरा आए पनि यहाँका होटलले धान्न सक्ने स्थिति देखिन्छ ।

शून्य अवस्थालाई उकासेर विदेशी पर्यटकलाई भित्र्याउन विभिन्न सहुलियत दरको प्याकेज कार्यक्रम घोषणा गरिएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष भरतराज पराजुली बताउनुहुन्छ । ‘पोखरा सुरक्षित छ, यहाँका सबै होटल सुरक्षित छन्’ जस्ता सन्देश विश्वमा जाओस् भनेर सङ्घले सहुलियत दरका प्याकेज कार्यक्रम र सांस्कृतिक कार्यक्रम गर्दै जाने उहाँले धारणा राख्नुभयो ।

विभिन्न होटलमा खान, बस्न, गार्मेन्ट, ट्रेकिङ गाइड प्याराग्लाइडिङ्ग, अल्ट्रलाइड जस्ता सेवामा १५ देखि ५० प्रतिशतसम्म पर्यटकलाई सहुलियत दिइने उहाँले जानकारी दिनुभयो ।
भूकम्पको त्रास र भयको बढी नै प्रचारबाजी गरिएकाले पर्यटक आउन नचाहेको पश्चिमाञ्चल होटल सङ्घका पूर्व अध्यक्ष एवम् वटर फ्लाई लजका सञ्चालक गोविन्दराज पहारी बताउनुहुन्छ । अफवाह पैmलाउँदा नेपाल जान्छौँ भने तिमीहरूको बिमासमेत हुँदैन भनेर ती देशका बिमा कम्पनीले चेतावनी दिएकाले पर्यटक आगमनमा ठूलो ह्रास भएको उहाँले बताउनुभयो ।

“अब यस गलत सन्देशलाई मेटाएर पोखरालाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न रचनात्मक कार्यक्रम गर्नु जरुरी छ” उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् होटल स्टम एन्ड ट्राभलका सञ्चालक वासु त्रिपाठीले कूटनीतिकको माध्यमबाट पोखरालगायतका ठाउँ सुरक्षित छन् यी ठाउँमा आउन केही फरक पर्दैन भन्ने सन्देश पठाउनु पर्नेमा जोड दिनुभयो ।

यस शोकलाई शक्तिलाई बदल्न पर्यटन व्यवसायी र यस सङ्घ आबद्ध सङ्घ संस्थाको काँधमा ठूलो चुनौती थपिएको धारणा राख्नुभयो । अतिथि रिसोर्टका सञ्चालक मोती पौडेलले पनि अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश पठाएर पर्यटक भित्र्याउनु जरुरी भएको विचार व्यक्त गर्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!