नगरकोटका होटल पुनःसञ्चालनमा

- May 27, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भक्तपुर, १३ जेठ । विनाशकारी भूकम्पका कारण बन्द नगरकोटका होटल पुनःसञ्चालनमा आएका छन् ।

यहाँका होटल भूकम्प आएसँगै पर्यटकको आगमन शून्य भएपछि बन्द भएका थिए । क्षति नपुगेका होटल पूर्णरूपमा सञ्चालनमा आएको र क्षति पुगेका होटल अझै सञ्चालनमा आउन नसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताउनुभयो ।

केही क्षति पुगेका होटल मर्मतपछि सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएसँगै पर्यटकको आगमन हुन थालेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!